यस वर्षको नाट्यश्वर म्युजिक राष्ट्रिय अवार्डबाट पत्रकार तारुके सम्मानित – Nepal Press

यस वर्षको नाट्यश्वर म्युजिक राष्ट्रिय अवार्डबाट पत्रकार तारुके सम्मानित

काठमाडौं । यस वर्षको नाट्यश्वर म्युजिक राष्ट्रिय अवार्डबाट पत्रकार विष्णु तारुके सम्मानित भएका छन् । आज काठमाडौंमा आयोजित समारोहकाबीच तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका हुन् ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलसहित वरिष्ठ कलाकार बसुन्धरा भुसालले सम्पादक तारुकेलाई अवार्डबाट सम्मानित गरे ।

अवार्ड प्रदान गर्दै सांसद पौडेल र वरिष्ठ कलाकार भुसालले पत्रकार तारुकेले समाजको परिवर्तनका निम्ति पत्रकारिता कर्मबाट नेपाली जगतमा पुर्याएको योगदान अतुलनिय रहेको चर्चा गर्दै उच्च प्रशंसा व्यक्त गरे ।

साथै नेता पौडेलले सरकारले विगतमा कलाकार र कला क्षेत्रको हित प्रवद्र्धनमा ध्यान नदिएको उल्लेख गर्दै आगामी दिनमा राज्यस्तरबाट यस क्षेत्रको गरिमालाई उँचो बनाउन आफ्नो भूमिका सधैं रहने प्रतिवद्धता जनाए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिवसमेत रहेका तारुके राष्ट्रिय स्तरमै आर्थिक विद्याको मुलधारका रुपमा स्थापित अनलाइन अर्थपथ डटकमसहित त्रिशुली प्रवाह साप्ताहिकका समेत सम्पादक हुन् । उनी विगत २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनले मोफसलदेखि केन्द्रिय स्तरमा समेत क्रियाशील रही रंग पत्रकारितामाफ्त पनि योगदान दिएका छन् ।

नाट्यश्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्टको आयोजनामा नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराका साथ अवार्ड कार्यक्रम गरेको हो ।

२०७२ सालमा स्थापित यस संस्थाले विगत ६ वर्षदेखि कलाकारिता, साहित्य, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएका राष्ट्रिय स्तरका र मोफसलका विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ ।

विगत वर्षहरुमाझै यसवर्ष पनि नाट्यश्वर कलाकेन्द्र तथा इभेन्ट म्यानेजमेन्टले चलचित्र, गायन तथा संगित, पत्रकारिता सहित विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका विभिन्न व्यक्तिहरुलाई अभिनन्दन, पुरस्कृत र सम्मान गरेको संस्थाका कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *