सन्दीपको मुद्दा सपना मल्ल र कुमार चुँडालको इजलासमा, पहिलो नम्बरमै सुनुवाइ – Nepal Press

सन्दीपको मुद्दा सपना मल्ल र कुमार चुँडालको इजलासमा, पहिलो नम्बरमै सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पहिलो नम्बरमै पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ ।

सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ । त्यस्तै आफूलाई विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले पनि पुनरावेदन गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले यी दुवैलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न लागेको छ ।

उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग-२ अन्तर्गत यूएईमा सोमबारदेखि सुरू हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर