राष्ट्रिय युवासंघ रुपन्देहीमा बस्नेतको नेतृत्व – Nepal Press

राष्ट्रिय युवासंघ रुपन्देहीमा बस्नेतको नेतृत्व

रुपन्देही । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ रूपन्देहीको १३ औँ अधिवेशनबाट अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित भएका छन् ।

जिल्ला कमिटीको १३औ अधिवेशनबाट बस्नेत निर्वाचित भएका हुन् । अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर