संविधान स्वीकार्न नसक्नेहरुसँगको सहकार्यमा जटिला हुन्छ, मैले दुई महिनामै तीतो अनुभव गरें : प्रचण्ड (भिडिओ) – Nepal Press

संविधान स्वीकार्न नसक्नेहरुसँगको सहकार्यमा जटिला हुन्छ, मैले दुई महिनामै तीतो अनुभव गरें : प्रचण्ड (भिडिओ)

यो गठबन्धन देशको हितमा थिएन, गणतन्त्र ल्याउनेहरू एक ठाउँमा आयौंः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता मात्रै पैदा हुने भएकाले आफूहरूले नयाँ यात्रा सुरु गरेको बताए।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म हामीले प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न अहिलेको चुनौती भएको बताए।

उनले भने, ‘राजनीतिमा उतारचढावहरू हुन्छन्। धेरै किसिमका सम्भावना पनि हुन्छन्। हामीले परिवर्तनका पक्षधर शक्तिहरूलाई केन्द्रित गरेर जनताको आशा र अपेक्षा अनुसार जान सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती हुन्छ। आजको दिन संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र कार्यान्वयन गर्नेहरू एक ठाउँमा आएका छौँ।’

देश अझै अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै अर्थतन्त्र पछिल्लो केही महिनामा सकारात्मक सन्देश देखिएपछि संकटमुक्त नभएको बताए।

उनले भने, ‘राजनीतिक के हो भन्न अवस्थाबाट पनि मुक्त हुन सकेको छैन। हिजो नयाँ परिस्थिति देखियो। फागुन ७ गते संविधानले नचिनेको नाराहरू लागे। संविधानमा राजा महाराजालाई कहीँ स्थान दिएको छैन। त्यसलाई मैले ठुलो चुनौतीको रूपमा महसुस गरे। त्यसै कारणले स्वभाविक रूपमा लोकतन्त्रलाई सदृढ गर्ने स्वभाविक कोर्स के हुन्छ भन्ने १२ बुँदे सम्झौताको सहयात्रीहरू मिलेर मात्रै देशलाई स्थायित्व र विकास र समृद्धि दिन सकिन्छ भन्ने लाग्यो।’

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता मात्रै पैदा गर्ने उनको भनाइ छ।

उनले भने, ‘पटक पटक संसद् विघटन गर्ने कुरा भयो। र संविधानमाथि एकपछि अर्को प्रहार हुने स्थिति देखा गर्‍यो। म प्रधानमन्त्री भएपछि जुन शक्तिहरूले हौसिएर संविधानले पूर्वराजाको रूपमा बस्न दिएको छ। अरू रूपमा चिन्दैन। म जुन गठबन्धनमा छु यो संविधान र राष्ट्रको हितमा छैन भन्ने मलाइ लाग्यो।’

उनले अहिले राष्ट्रपतिमा आफूहरूले अघि सारेको रामचन्द्र पौडेल लोकतन्त्र र राष्ट्रको हितप्रति कहीँ कसैसँग नझुक्ने दाबी गरे।


प्रतिक्रिया

One thought on “संविधान स्वीकार्न नसक्नेहरुसँगको सहकार्यमा जटिला हुन्छ, मैले दुई महिनामै तीतो अनुभव गरें : प्रचण्ड (भिडिओ)

  1. दिल्लीका भाडाका टट्टुहरूलाई स्वाभिमानीसँग सँगै बस्न त गारो हुने नै भयो । लुटन पनि पाईएन । खुब सकसपूर्ण भयो ह‍ोला । अब ८ वटै दिल्लीबाट जन्मेकाहरू एक टाउँमा भयौ । लुट बस । तर याद गर जनताको लात खाएको दिन उठन नसक्ने हुन्छौ तिमीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर