गोकुल बास्कोटाको टिप्पणी- छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै हार्छ – Nepal Press

गोकुल बास्कोटाको टिप्पणी- छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै हार्छ

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।सत्तागठबन्धन तोडिएसँगै एमाले आफनै लयमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले  बामपन्थी सहकार्यमा कुनै उत्साह र आशा नभएको बताउँदै एमाले निराश हुनुपर्ने कारण नभएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चरित्रप्रति पहिलै सचेत गराएको उल्लेख गरेका छन्। बास्कोटाले प्रधानमन्त्री प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।

उनले सामाजिक सञ्जालमा द्विटरमा लेखेका छन्,‘उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर