ब्युँतिने भयो चुनावअघिकै पाँच दलीय गठबन्धन – Nepal Press

ब्युँतिने भयो चुनावअघिकै पाँच दलीय गठबन्धन

काठमाडौं । बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा चुनावअघिको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ । राष्ट्रपति उम्मेदवार छान्न बसेको गठबन्धनको बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनेको हो ।

बैठकपछि नेकपा एसका नेता प्रकाश ज्यालाले भने, ‘पाँच दलीय गठबन्धन ब्युँताउने लगभग सहमति भयो । त्यही लाइनमा गयो अब ।’

गठबन्धनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि समावेश गराउने भएको छ । आजको बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए ।

पुरानो गठबन्धन दलहरुबीच एकै ठाउँमा उभिने सहमति भइसकेकाले पावर शेयरिङको विषयमा आजै साँझ ५ बजे बस्ने बैठकले टुंग्याउने कांग्रेस महामन्त्री गगन थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर