नेपालकै ठूलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता धनगढीमा हुँदै – Nepal Press

नेपालकै ठूलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता धनगढीमा हुँदै

कैलाली । धनगढीमा नेपालकै ठूलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै धर्मपशुपति स्मृति ओपन ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको र बिहीबार सुरु हुने आयोजकले जानकारी दिएको हो ।

प्रहरी पब्लिक क्लवले गर्ने प्रतियोगिताको विजेताले १ लाख २१ हजार नगद पुरस्कार हात पार्नेछ । उपविजेताले ७१ हजार र तृतीय हुनेले ५१ हजार रुपैयाँ पाउने प्रशिक्षक मेघराज कठायतले जानकारी दिए ।

प्रतियोगिता तीन विधामा खेलाइनेछ । राष्ट्रिय खेलाडीसहितको उपस्थितिमा हुने प्रतियोगितामा २० टीम सहभागी छन् । यस विधाका विजेताले १ लाख २१ हजार प्राप्त गर्नेछन् ।

राष्ट्रिय खेलाडी नभएका टीमले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् । यस्ता ५७ टीम रहेका छन् । यसका विजेताले ३१ हजार, उपविजेताले २१ हजार र तेस्रो हुनेले ११ हजार नगद पुरस्कार पाउनेछन् ।

४५ वर्षमाथि उमेर समूहका २३ टीम सहभागी छन् । यो विधाका विजेताले ५१ हजार, उपविजेताले ३१ हजार र तेस्रो हुनेले २१ हजार नगद प्राप्त गर्नेछन् ।

धर्मपशुपति स्मृति ओपन ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन भने १० बजे एसएसपी गणेश चन्दले गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर