एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन – Nepal Press

एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

उनी यसअघि महासंघको संयोजक थिए ।

महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेबाट सुरु भएको थियो । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लगाए पनि बाँकी पदाधिकारी र सदस्यको टुंगो लगाउन बाँकी छ ।

अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ । टुङ्गिन बाँकी रहेका पदहरु फागुन अन्तिम साता बस्ने केन्द्रिय कमिटीको बैठकबाट टुङ्गो लाग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर