दुई छोरासहित गण्डक नहरमा हाम फालेकी महिला बेपत्ता – Nepal Press

दुई छोरासहित गण्डक नहरमा हाम फालेकी महिला बेपत्ता

रूपन्देही । पश्चिम-नवलपरासीमा एक महिलाले दुई छोराहरूलाई लिएर नहरमा हाम फालेर बेपत्ता भएकी छन् । गण्डक नहरमा मंगलबार दिउंसो २ बजे ती महिलाले दुई छोरा लिएर हाम फालेको प्रहरीले जनाएको छ ।

उनीहरू तीनै जनाको अवस्था अज्ञात छ । नवलपरासीको सुस्ता गाउंपालिका वडा नं २ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् ।

मानसिक सन्तुलन सामान्य नरहेकी उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

ती महिलाका श्रीमान् वैदेशिक रोजगारमा गएका भएपनि के कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *