नामिवियाका दुवै ओपनरलाई सन्दीपले गरे आउट – Nepal Press

नामिवियाका दुवै ओपनरलाई सन्दीपले गरे आउट

काठमाडौं । जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिवियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला नामिवियालाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालका लागि दुवै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

नेपालका बलरहरुलाई दबाबमा राख्दै नामिवियाका ओपनरहरुले उत्कृष्ट सुरुवात गरेका थिए । नामिवियाले पहिलो विकेटका लागि गरेको ६४ रनको साझेदारी तोड्दै लामिछानेले नेपाललाई पहिलो सफलता दिए । त्यसलगतै उनले अर्का ओपनरलाई बोल्ड गरेपछि खेलमा फर्किएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर