सन्दीपले किन स्कटिस खेलाडीहरुसँग हात मिलाउन चाहेनन् ? (भिडिओ) – Nepal Press

सन्दीपले किन स्कटिस खेलाडीहरुसँग हात मिलाउन चाहेनन् ? (भिडिओ)

काठमाडौं । ६ महिनापछि नेपाली टीममा कमब्याक गरेका सन्दीप लामिछानेले व्याक टु ब्याक उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो खेलमा नामिबियाविरुद्ध ३ विकेट लिएका उनले आज फेरि ३ विकेट लिँदै नेपालको जितमा योगदान दिए ।

यतिबेला सन्दीपको बलिङभन्दा पनि खेलपछिको एउटा प्रसंग चर्चामा छ । हरेक खेलमा जितहारपछि दुवै टीमका खेलाडीहरुले सौहार्दताका लागि आपसमा हात मिलाउने गर्छन् । आज सोही क्रममा सन्दीपसँग भने स्कटिस खेलाडीहरुले हात मिलाउन नमानेको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । तर, उक्त क्षणको भिडियो हेर्दा चाहीँ फरक अवस्था देखिन्छ ।

नेपाललाई खेल जिताएका पेभिलियन फर्किँदै गरेका दिपेन्द्रसिंह ऐरी र सोमपाल कामी पछिपछि पंक्तिमा आइरहेका हुन्छन् स्कटिस टोली । अनि नेपाली टोली पनि पंक्तिमा आएर सबैसँग पालैपालो हात मिलाउँछन् । नेपाली टोलीको सबैभन्दा पछाडि सन्दीप लामिछाने थिए भने उनीभन्दा पछाडि थिए कोच मोन्टी देसाइ ।

हेर्नुस् ग्यालेक्सी टीभीले खिचेको भिडिओ:

सबै खेलाडीहरु एक अर्कासित हात मिलाउँदै ‘क्रस’ हुँदा अन्तिममा रहेका सन्दीपले पनि दिपेन्द्र र सोमपालसँग हात मिलाउँछन् । तर, स्कटिस खेलाडीहरु पालो आएपछि उनी मुस्काउँदै अघि बढ्छन् ।

भिडिओमा सबैभन्दा अगाडि रहेका स्कटिस खेलाडीले सन्दीपतर्फ हात बढाएको देखिन्छ । तर, सन्दीप हाँस्दै पन्छिएका छन् । उनी आफ्नो हात नउठाइ अघि हिँड्छन् । त्यसपछि अरु स्कटिस खेलाडीले कोच देसाइसँग हात मिलाउँछन् । अन्य खेलाडीले सन्दीपलाई एप्रोच गर्दैनन् । अन्तिममा रहेका खेलाडीले पनि सन्दीपसँग हात मिलाउन खोज्छन्, तर सन्दीप उनलाई पनि टार्छन् ।

सन्दीपले स्कटिस खेलाडीहरुसँग नियतवश स्कटिस खेलाडीसँग ह्यान्डसेक गर्न नचाहेका हुन् वा यत्तिकै अल्छि मानेका होलान् ? त्यो चाहीँ उनैले खोल्लान् ।


प्रतिक्रिया

One thought on “सन्दीपले किन स्कटिस खेलाडीहरुसँग हात मिलाउन चाहेनन् ? (भिडिओ)

  1. साला घमण्डी हरु तिमी हरु ले हात नमिलाउदानी के ही फरक पर्दैन सन्दिप लाई हाम्रो हिरो हो सन्दिप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर