संघीयता खारेजीकाे माग गर्दै प्रधानमन्त्रीलाई चित्रबहादुर केसीसहितले बुझाए ज्ञापनपत्र – Nepal Press

संघीयता खारेजीकाे माग गर्दै प्रधानमन्त्रीलाई चित्रबहादुर केसीसहितले बुझाए ज्ञापनपत्र

काठमाडौं । संघीयता खारेजीकाे माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर संघीयता खारेजी, गणतन्त्र, अनावश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको एक नेताले बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा जनमोर्चाका अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर