लागु औषधसहित मकवानपुरबाट तीनजना भारतीय नागरिक पक्राउ – Nepal Press

लागु औषधसहित मकवानपुरबाट तीनजना भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागु औषधसहित तीनजना भारतीयलाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

बिहीबार बिहान ८ बजेर ४० मिनेटको समयमा मनहरी गाउँपालिका-८, दारिमबासबाट ५ केजी ५७० ग्राम लागुऔषध गाँजासहित भारतको बिहार राज्यको थाना बेतिया ग्रामका २५ वर्षीय सम्सोदिन अन्सारी, ४५ वर्षीय श्याम किशोर सिंह र १९ वर्षीय दुर्लभ कुमारलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अन्सारी, सिंंह र दुर्लभको साथबाट १ केजी ९५० ग्राम, १ केजी ७५० ग्राम र १ केजी ९६० ग्राम गाँजा बरामद भएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *