विस्फोट भएको थिएन सिलिन्डर, चन्द्र भण्डारीको घरमा कसरी सल्कियो आगो ? – Nepal Press

विस्फोट भएको थिएन सिलिन्डर, चन्द्र भण्डारीको घरमा कसरी सल्कियो आगो ?

काठमाडौं। काठमाडौँको बुद्धनगरस्थित घरमा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले बुधवार राती ग्याँस गनाएपछि किचनमा पुगेर बत्ती बाले लगत्तै आगलागी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष निकालेको छ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता सिताराम रिजालका अनुसार आमा हरिकलाले सवा १० बजे ग्याँस गनायो भन्दै छोरा चन्द्रलाई बोलाएकी थिइन्।

‘छोराले बत्ती बाल्न किचनको स्विच अन गरे लगत्तै आगो सल्किएर फैलिएको भन्ने कुरा आएको छ। हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुँदा त्यसैले फैलिएको ग्याँस समात्न सक्ने बताएका छन्। अन्य विषयमा थप अनुसन्धान भइरहेको छ’, एसपी रिजालले भने।

ग्याँस लिक भएपछि आगो लागेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। सिलिन्डर भने विस्फोट नभएको पाइएको छ।

आगलागीमा गम्भीर घाइते आमा छोरा दुवैलाई तत्कालै कीर्तिपुरस्थित बर्न सेन्टर लगिएको थियो। उपचारका क्रममा हरिकलाको बिहीबार बिहान निधन भएको छ भने चन्द्रको पनि गम्भीर अवस्थामा उपचार भइरहेको छ।

उनलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। चन्द्र भाइ बुहारी र आमासँग बस्दै आएका थिए।


प्रतिक्रिया

One thought on “विस्फोट भएको थिएन सिलिन्डर, चन्द्र भण्डारीको घरमा कसरी सल्कियो आगो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *