अरुण चौधरीलाई छोड्न उच्च अदालतले दिएन अन्तरिम आदेश – Nepal Press

अरुण चौधरीलाई छोड्न उच्च अदालतले दिएन अन्तरिम आदेश

कैलाली । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुणकुमार चौधरीलाई छोड्न उच्च अदालत दिपायलले अस्वीकार गरेको छ ।

१९ माघमा बाँकेबाट पक्राउ गरेका चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । आज दुवै रिटमाथि बहस भएको थियो । आज उक्त रिटमा बकपत्रको लागि चौधरीलाई पनि जिल्ला अदालत कैलाली उपस्थित गरिएको थियो ।

चौधरीले १० वर्ष अघि आफूलाई जानकारी नभएरै फैसला गरिएको र सुनुवाइको मौका समेत नदिएको बयान दिएका थिए । चौधरी पक्षका वकिलले पनि प्राकृतिक न्यायको सिद्धान्त विपरीत कैलाली जिल्ला अदालतले फैसला गरेको भन्दै उक्त फैसला बदरको माग गरेका थिए ।

सरकारी वकिलले भने त्यसो नभएको दाबी गरेको थिए । देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले दुबै पक्षको बयान सुनेको थियो । तर, चौधरीलाई छोड्न भने अस्वीकार गरेको छ । अर्को पेसी आगामी ११ गते तोकिएको छ ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *