बयान दिएपछि कारागार फर्किएका अरुण चाैधरीले भने- म फरार होइन, न्याय चाहिन्छ (भिडिओसहित) – Nepal Press

बयान दिएपछि कारागार फर्किएका अरुण चाैधरीले भने- म फरार होइन, न्याय चाहिन्छ (भिडिओसहित)

कैलाली । निलम्बित प्रतिनिधिसभा सदस्य अरुण चौधरीले १० वर्ष पहिले भएको फैसलाबारे आफूलाई जानकारी नभएको बताएका छन् । आज जिल्ला अदालत कैलालीमा बयान दिएपछि कारागार फर्किएका उनले आफू फरार नरहेको र न्यायका लागि अपिल गरेको बताए ।

‘मैले न्याय पाउनुपर्छ । मैले त्यो फैसलाबारे जानकारी नै पाएको थिएन । हजुरहरूकै मिडियामार्फत मलाई मुद्दा छ भन्ने थाहा पाएँ’, उनले भने, ‘म कैलाली आउँदै थिए । मलाई अपहरणको शैलीमा बाटोबाटै समातियो ।’

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनले आफूलाई उक्त फैसलाबारे जानकारी नभएको आज अदालतमा समेत बयान दिएका थिए ।

चौधरीले आज उच्च अदालत दिपायलमा भएको बहसले आफ्नो मुद्दा किनारा लाग्ने बताए । उनले आफूलाई फरार भनेर चरित्र हत्या गर्ने काम भएकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *