कलाकार भर्सेस नेता : शंकर पोखरेलदेखि रचना रिमालसम्मले खेले फुटबल (तस्बिरहरु) – Nepal Press

कलाकार भर्सेस नेता : शंकर पोखरेलदेखि रचना रिमालसम्मले खेले फुटबल (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलकाे आयोजना गरेको छ ।

संघले फागुन ११ देखि गर्न लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजना गर्न घोषणा गरिसकेको छ । त्यसअघि संघले आज कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेलाएको हो ।

खेलमा कलाकारका तर्फबाट अभिनेताहरु धिरेन शाक्य, आकाश श्रेष्ठ, जीतु नेपाल, सागर लम्साल, कुमार कट्टेल, गायक बद्री पंगेनी, कलाकार शंकर बीसी, गायिका रचना रिमाललगायत रहेका थिए । त्यस्तै, नेताहरुमा एमाले महासचिव शंकर पोखरेल, पूर्वसांसद महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, माओवादी पोलिटब्यूरो सदस्यलगायत रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर