तत्काल गृहमन्त्री नियुक्त गर्न राप्रपाको प्रधानमन्त्रीसँग माग (भिडिओ) – Nepal Press

तत्काल गृहमन्त्री नियुक्त गर्न राप्रपाको प्रधानमन्त्रीसँग माग (भिडिओ)

संसदबाटै ज्ञानेन्द्र शाहीले भने- गृह मन्त्रालय आफैँ राख्ने भए अरुपनि प्रधानमन्त्रीलाई दिए हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको छ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालाजु घटनालाई लिएर सरकारमाथि प्रश्न उठाएका हुन्।

दिनदहाडै लुटपाट हुँदा समेत सरकार भए प्रहरीलाई किन निकम्मा बनाएको ? भनेर प्रश्न गरे।

उनले भने, ‘गृह मन्त्रालय आफैँ राख्ने हो भने अरू सबै मन्त्रालय प्रधानमन्त्रीलाई जिम्मा दिए हुन्छ। गृह मन्त्रालयको संरचना छ तर गृहमन्त्री किन खाली राखियो ? देशको शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री तत्काल नियुक्त गरियोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर