सर्वोच्चको नेतृत्व र चोलेन्द्रको महाअभियोगबारे सांसद केसीले उठाए प्रश्न (भिडिओ) – Nepal Press

सर्वोच्चको नेतृत्व र चोलेन्द्रको महाअभियोगबारे सांसद केसीले उठाए प्रश्न (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताको सार्वभौमताको संरक्षक अदालत कामुको भरमा चलेको विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए ।

उनले भने, ‘संविधानको धारा १११ को उपधारा १० मा पहिलो संसदमा भएको कानूनहरू स्वत: निष्क्रिय हुने व्यवस्था छ । प्रतिनिधिसभामा नियमावलीमा कुनै निश्चित व्ववस्था छैन ।’

उनले संसद सचिवालयका महासचिवले दिएको पत्रलाई अन्यथा मान्नु नहुने तर्क गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर