ल्होत्से मल लुटपाट प्रकरण : साढे ८ करोड बढीको सामान लुटिएको व्यवसायीको दाबी, प्रहरी मुकदर्शक बनेको आरोप (भिडिओ) – Nepal Press

ल्होत्से मल लुटपाट प्रकरण : साढे ८ करोड बढीको सामान लुटिएको व्यवसायीको दाबी, प्रहरी मुकदर्शक बनेको आरोप (भिडिओ)

काठमाडौं । यातायात मजदुरको प्रदर्शनको क्रममा हिजो सोमबार काठमाडौं नयाँ बसपार्कमा अवस्थित ल्होत्से मलका २ वटा मोबाइल पसलबाट मोबाइल लगायतका सामानहरु लुटपाट भएका दृष्यहरु हाल सामाजिक संजालमा छ्यापछ्याप्ती भइरहेका छन् ।

नयाँ बसपार्कमा यातायात मजदुरले विरोधअन्तर्गत सभा गर्न लाग्दा नयाँ बसपार्कका ठेकेदार दीपक कुँवरको समूहले अवरोध गरेपछि प्रधर्शनकारीहरुले उग्र रुप धारण गर्दै मलका पसलहरुमा लुटपाट गरेको जनाइएको छ ।

भिडिओ

उक्त घटनापछि प्रहरीले पसलबाट लुटिएको मोबाइलसहित ४ जनालाई पक्राउसमेत गरेको छ । हिजो साझँको उक्त घटना पस्चात हालसम्म ल्होत्से मल लयमा फर्कन सकेको छैन । मंगलबार दिउँसो नेपाल प्रेसको टीम घटनास्थलमा पुग्दा मल परिसरमा उच्च संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो भने क्षतिग्रस्त पसलला कर्मचारीहरु पसलको मर्मत संभारमा जुटेको देख्न सकिन्थ्यो ।

पीडित व्यवसायीका अनुसार ल्होत्से मलमा संचालनमा रहेका उनका दुईवटा पसलबाट लुटेराहरुले ८ करोड भन्दा बढिको सामानहरु लुटेको जनाएका छन् । ताल्चा लगाएका पसलहरुमा ढुङ्गाको प्रयोग गरेर सटर फुटाल्ने बेलासम्म पनि नेपाल प्रहरी मुकदर्शक बनेर बसेको व्यवसायीको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *