बैंकहरूले अनुमतिविना सेवा शुल्क लिन नपाउने, लिए १० प्रतिशत थपेर फर्काउनुपर्ने – Nepal Press

बैंकहरूले अनुमतिविना सेवा शुल्क लिन नपाउने, लिए १० प्रतिशत थपेर फर्काउनुपर्ने

काठमाडौं । बैंकहरूले ग्राहकको अनुमतिविना सेवामा शुल्क लिए त्यस्तो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

खातावालाहरूलाई पनि बैंकहरूले त्यस्तो शुल्क लिए सम्बन्धित बैंक तथा वित्तीय संस्थाको वेबसाइटमा उपलब्ध गुनासो अधिकारीसमक्ष गुनासो दर्ता गर्न भनिएको छ ।

यसरी दर्ता गरिएको गुनासोमा सुनुवाइ नभए राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन आग्रह गरिएको छ ।

राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (गुड फर चेक पेमेन्टसमेत) , चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिंदा, विप्रेषण रकम खातामा जम्मा गर्दा लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाउँदैनन् ।

तर, ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटकभन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क भने लिन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर