सुनकोशी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सेतीदेवीद्वारा कब्जा – Nepal Press

सुनकोशी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सेतीदेवीद्वारा कब्जा

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सेतीदेवी शारदा माध्यमिक विद्यालयले हात पारेको छ ।

सुनकोशी गापाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ शिल्डमा सबैभन्दा बढी स्वर्ण पदक जित्दै सेतीदेवी यो वर्ष पनि च्याम्पियन भएको हो ।

विगत तीन वर्षदेखि सेतीदेवीले नै शिल्डमा आफ्नो कब्जा जमाउँदै आएको छ । सेतीदेवीले १७ स्वर्ण, ११ रजत र ६ कास्य पदक जितेको थियो ।

प्रतियोगितामा १० स्वर्णसहित महेन्द्रदोय मावि द्वितीय भएको छ । उसले २ रजत र ६ कास्य जितेको छ । बाघभैरव माविले ४ स्वर्ण, १२ रजत र ३ कास्य जितेको छ । जाल्पा मावि कोठेले २ स्वर्ण, ७ रजत र ५ कास्य जितेको छ ।

महेन्द्रकान्ति मावि कालिकाले २ स्वर्ण र ४ कास्य पदक जितेको छ । गणेश मावि यमुनाडाँडा र ठोकर्पा माविले भने एक-एक स्वर्णमा चित्त बुझाएका छन् ।

कुल ३८ स्वर्ण, ३४ रजत र २६ कास्य पदका लागि भएको रनिङ शिल्डमा महिला/पुरुष भलिबल, एथलेटिक्स, दौड, कबड्डी, हाइजम्प, तेक्वान्दोलगायतका खेल समावेश गरिएको थियो ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी तामाङलगायतले विजयी खेलाडी तथा विद्यालयहरुलाई पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले आगामी वर्षदेखि गाउँपालिकामा खेल प्रशिक्षक राखेर सबै विद्यालयहरुमा खेल प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर