नेपालले राहत दिएपछि टर्कीका राजदूतले भने, ‘नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद’ – Nepal Press

नेपालले राहत दिएपछि टर्कीका राजदूतले भने, ‘नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद’

काठमाडौं । नेपाल सरकारले टर्कीको भूकम्पलाई सहयोग गरेपछि टर्कीका राजदूतले नेपाली भाषा प्रयोग गरेर धन्यवाद भनेका छन् ।

दिल्लीमा रहेर भारत र नेपाल हेर्ने राजदूत फिरात सुनेलले नेपालले दिएको २२ टन बढीको राहत सामाग्री प्रति आभार व्यक्त गरेका छन् ।

सुनेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सम्पूर्ण नेपाली साथीहरूलाई धेरै धेरै धन्यवाद । थ्यान्क यू नेपाल ।’

हिजो अपराह्न नेपालले दिएको २२ टन बढीको राहत सामाग्री टर्कीस एयरलाइन्सबाट पठाइएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *