चितवन २ मा वैशाख १० गते उपनिर्वाचन (भिडिओ) – Nepal Press

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन (भिडिओ)

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।

रास्वपाले यस क्षेत्रमा उपनिर्वाचनको मिति चाँडो तोक्न दबाब दिँदै आएको छ ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत मात्रै ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर