प्रचण्डसँग भेटेपछि सुदूरपश्चिम सरकारबारे ओलीले भने- जोगिन्छ (भिडिओ) – Nepal Press

प्रचण्डसँग भेटेपछि सुदूरपश्चिम सरकारबारे ओलीले भने- जोगिन्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्ति पार्टीको विश्वासको मत नदिने अडान कायमै राखेपछि ओली पार्टी सचिवालय बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुगेका थिए ।

प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सुदूरपश्चिमको सरकार के हुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘जोगिन्छ होला । ठीकै छ ।’

सरकार गठनको बेलामा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेपछि सरकार ढल्ने अवस्थामा पुगेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत नलिए सुदुरपश्चिम सरकार ढल्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर