गोकुल बास्कोटाको टिप्पणी : रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो – Nepal Press

गोकुल बास्कोटाको टिप्पणी : रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो

काठमाडौं । एमाले नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । रविले निस्फिक्री बालेको टिप्पणी उनको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले सो टिप्पणी गरेका हुन् । रविको अभिव्यक्तिको प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको उनले बताएका छन् ।

‘प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो,’ बास्कोटाले भनेका छन् ।

हिजोको पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिएका थिए । नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर