निलम्बित सांसद चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ – Nepal Press

निलम्बित सांसद चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ

कैलाली । कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ । हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो ।

१९ माघमा प्रहरीले बाँकेबाट पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो । सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान गरेको भन्दै चौधरीलाई प्रहरीले १९ गते पक्राउ गरेको हो ।

यता चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिए अन्याय पूर्ण फैसला भएको बताएका छन् । हिजो उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो ।

अरुण चौधरीलाई रिहाइको माग गर्दै गजेन्द्र केसी, गम्भीर सिंह ऐरले र सरोज बुढाथोकीले बहस गर्ने छन् । जिल्ला अदालतले प्राकृतिक न्यायको सिद्धान्त विपरीत सुनुवाइको मौका नदिएको उनीहरुको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *