रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको प्रतिक्रिया- रविसँग भेटेरै समस्या समाधान गर्छाैं – Nepal Press

रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको प्रतिक्रिया- रविसँग भेटेरै समस्या समाधान गर्छाैं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेरै समस्या समाधान गर्ने बताएका छन् ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ । बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । सरकारबाट बाहिरिनेबारे छलफल भइरहेको छ भन्नुहुन्थ्यो ।’

उनले आफूले राष्ट्रिय सहमतिमा जोड दिएकाले बसेर समस्या हल गर्ने बताए ।

उनले भने, ‘फेरि हामी बसेर समस्या हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्नेमा छु ।

उनले सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेहरुलाई केही असहज भएको बताए ।

 


प्रतिक्रिया

One thought on “रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको प्रतिक्रिया- रविसँग भेटेरै समस्या समाधान गर्छाैं

  1. तर रवि बाहिरिएकोमा प्रचण्डको मुहारमा प्रसन्नता देखिन्थ्यो । त्यसैले रास्वपालाई गृह नदिने निर्णय यिनले कुनै देशको दबावमा गरेका हुन् । प्रचण्डले स्थिरतासँग चलाउन सक्ने सरकार आफैले अण्टसण्ट गरेर अस्थिर बनाईरहेका छन् । काम कुनै मन्त्री विशेषको पहलमा भए बाहेक सरकारले केही गरेको छैन । हेर्दै जाउँ के हुन्छ आगामी दिनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर