शिव शिखर सहकारीको स्पष्टोक्ति- सबैको बचत सुरक्षित छ, एकैपटक धेरै सदस्य आउँदा केही असहज भएको हो – Nepal Press

शिव शिखर सहकारीको स्पष्टोक्ति- सबैको बचत सुरक्षित छ, एकैपटक धेरै सदस्य आउँदा केही असहज भएको हो

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न सञ्चालक समिति प्रतिबद्ध रहेको बताएको छ ।

‘एकै पटक धेरै शेयर सदस्य बचत फिर्ता लिन आउँदा हामीलाई बचत फिर्ता गर्न केही असहज भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रा सदस्यहरुलाई पर्न गएको असुविधाप्रति हामी पूर्ण रुपमा जानकार छौं र दुखित पनि छौं । विगतमा जुन विश्वासले तपाईंहरु हामीसँग जोडिनुभएको थियो । त्यही विश्वास आज पनि देखाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

स्थिर सम्पत्ति बेचेरै भए पनि बचत फिर्ता गर्ने संस्थाले जनाएको छ । संस्थामा देखिएको समस्या समाधान गर्न संस्था प्रयासरत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर