राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।

संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनका लागि साँझसम्मको समय छ ।

उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ । सत्ता गठबन्धनबाट माओवादीको अर्यालले उम्मेदवारी दिँदै गर्दा विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । कांग्रेसले पनि माओवादीको अर्याललाई समर्थन गर्ने भएको छ ।

रिक्त पदको यही माघ २५ गते उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर