बिहान ६ महिनाको छोरा र श्रीमतीलाई माइत पठाए, बेलुका अशक्त छोरीको हत्या गरेर झुन्डिएको भेटिए – Nepal Press

बिहान ६ महिनाको छोरा र श्रीमतीलाई माइत पठाए, बेलुका अशक्त छोरीको हत्या गरेर झुन्डिएको भेटिए

काठमाडौं । काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरमा शनिवार साँझ भाडाको फ्ल्याटमा बस्दै आएका बाबु छोरी मृत भेटिए।रामेछापका ४२ वर्षीय किशोर भण्डारी शौचालयभित्र झुन्डिएको र ७ वर्षीया छोरी घाँटी रेटिएको अवस्थामा मृत भेटिएका थिए।

ढोका भित्रबाटै बन्द भएका कारण प्रहरीले प्रारम्भिक रूपमा किशोरले छोरीको हत्यापछि आत्महत्या गरेको आशंका गरेको छ। छोरी शारिरिक रुपमा अशक्त थिइन्।

प्रारम्भिक अनुसन्धानमा किशोरले बिहान मात्र ६ महिनाको छोरा र श्रीमतीलाई भक्तपुरस्थित माइत पठाएको खुलेको छ। साँझ कोठा फर्किएकी श्रीमतीले भित्रबाटै ढोका बन्द रहेको चाल पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्। किशोर फार्मेसी सञ्चालक हुन्। केही समयदेखि उनमा मानसिक समस्या रहेको पनि पाइएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट सुसाइड नोट पनि फेला परेको छ। एक पेजको सुसाइड नोटमा किशोरले घर व्यवहारका कुरा लेखेका छन्। उनले तिर्न बाँकी ऋणहरु पनि उल्लेख गरेका छन्। अशक्त छोरीलाई बिजोग देख्न नसक्ने भन्दै सुसाइड नोटमा ‘माफ गर’ लेखिएको एक अनुसन्धान अधिकृतले बताए।

उनले केही कुरा आफ्नो फ्रस्टेसनका बारेमा लेखेका छन्, अनुसन्धान अधिकृत भन्छन्। प्रारम्भिक रुपमा श्रीमान्-श्रीमतीबीच सम्बन्ध राम्रै रहेको पाइएको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *