उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै, स्वतः विजयी घोषित गर्न निवेदन दिने – Nepal Press

उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै, स्वतः विजयी घोषित गर्न निवेदन दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

बिहान साढे ११ बजे आयोगमा निवेदन दिने र दिउँसो २ बजे पत्रकार सम्मेलन मार्फत सोको जानकारी गराउने तयारी श्रेष्ठले गरेका छन् ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए ।

यो पनि पढ्नुहोस् :- ‘स्वतः विजयी’ घोषित हुनसक्ने सम्भावना केलाउँदै उमेश श्रेष्ठ, निर्वाचन आयोगसँग जवाफ माग्ने

गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

नागरिकता विवादका कारण लामिछानेको सांसद पद गएपछि उनी स्वतः विजयी हुने बाटो खोज्दै आयोगमा निवेदन दिन लागेका हुन् ।


प्रतिक्रिया

One thought on “उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै, स्वतः विजयी घोषित गर्न निवेदन दिने

  1. कस्तो लाज नभएको रैछ उमेश त ! जनताले लाजमर्दोसँग हराए पनि पद चाहियो भन्छ । हिम्मत भए र अलिकति नैतिकता भए उप निर्वाचनमा जितेर देखाउछु भन्नुपर्छ नि ! काँग्रेस भनेकै यस्तै दुई नम्बरी गरेर पद हत्याउने र देश लुटने पार्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर