नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन – Nepal Press

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको उनका ज्वाइँ तथा कांग्रस नेता सुनिल थापाले जानकारी दिए ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।

यो पनि पढ्नुहोस्- महेन्द्रले पत्याएका हिमालय शमशेर : २९ वर्षमै पहिलो गभर्नर, यसरी बढारे भारु

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए । त्यसपछि व्यवसायमा पनि लागे । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *