माओवादीको निर्णय- राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने (भिडिओ) – Nepal Press

माओवादीको निर्णय- राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने (भिडिओ)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ ।

शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताए ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उनले बताए ।

अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै पौडेलले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए ।


प्रतिक्रिया

One thought on “माओवादीको निर्णय- राष्ट्रपतिमा सहमति, नत्र विचार मिल्ने दलहरूसँग मिलेर जाने (भिडिओ)

  1. यो भनाइ सिधै भारतको हो । यो भनेको एमालेलाई राष्ट्रपति नदिएर काँग्रेसलाई खुवाउने मेलो हो । माओवादी नितान्त भारतीय दलाल दल हो । नेपाललाई कमजोर बनाएर कहिल्यै माथि जान नदिने र लुटिरहने भारतको उद्देश्य हो । नेपालका राष्ट्रवादीहरू र काम गर्ने र अडान राख्नेहरूलाई कमजोर बनाउन भारतको दलाली नेपालमा माओवादीले गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर