सांसद अरुण चौधरीकाे रिहा गर्न सरकारलाई नागरिक उन्मुक्तिले दियाे २४ घण्टे अल्टिमेटम – Nepal Press

सांसद अरुण चौधरीकाे रिहा गर्न सरकारलाई नागरिक उन्मुक्तिले दियाे २४ घण्टे अल्टिमेटम

कैलाली । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै अल्टिमेटम दिएका हुन् ।

पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिइएको छ । विज्ञप्तिमा आफूहरूलाई जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास भएकोसमेत आरोप लगाइएको छ ।

ट्र्याक्टर जलाएको मुद्दामा १० वर्षदेखि नागरिक उन्मुक्तिबाट सांसद बनेका चौधरीलाई प्रहरीले आज बाँकेबाट पक्राउ गरेको हो । यसअघि प्रदेश सभा र स्थानीय तहमा उम्मेदवार बन्दा निर्वाचन आयोगले चासो नदिएको र अहिले नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा निर्वाचित भएपछि पूर्वाग्रही ढंगले हेरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर