जेभियर इन्टरनेशनलका विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयहरूमा सीधै भर्ना र छात्रवृत्ति ! (भिडिओ) – Nepal Press

जेभियर इन्टरनेशनलका विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयहरूमा सीधै भर्ना र छात्रवृत्ति ! (भिडिओ)

अमेरिकी विश्वविद्यालयमा भर्नाका लागि कन्सलटेन्सी आवश्यक नपर्ने, जेभियर इन्टरनेशनल कलेजबाट सीधै प्रक्रिया

काठमाडौं । जेभियर इन्टनरेशनल कलेजबाट प्लस टु र ए लेभल पास गरेका विद्यार्थीले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा सिधै भर्ना हुन पाउने भएका छन् । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा ‘एजुकेश युएसए युनिभिर्सिटी फेयर’ मार्फत यस्तो जानकारी दिइएको हो ।

अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला अन्तर्गतको ‘युनाइटेड स्टेट्स एजुकेशनाल फाउण्डेशन इन नेपाल’ को संयोजनमा भएको शैक्षिक मेलामा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिहरुले करिअर काउन्सिलिङलगायतका विषयमा जानकारी गराएका छन् ।

मेलामा अमेरिकाका २० वटा प्रतिष्ठित विश्वविद्यालयले भाग लिएको जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक गोपाल भण्डारीले जानकारी दिए । यूएसईफले प्रदान गर्ने फुलब्राइट र एजुकेशन यूएसले प्रदान गर्ने छात्रवृत्तिमा हरेक वर्ष जेभियर इन्टरनेशनलका विद्यार्थी छानिने गरेको र यसबारेमा थप परामर्श दिन मेला आयोजना गरिएको भण्डारीले बताए ।

भण्डारीले भने, ‘यो मेलामा ती विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीलाई करिअर काउन्सिलिङ गर्छन् । हाम्रो कलेजमा प्लस टु पछिको फर्दर स्टडीको विभागलाई उनीहरुले लिंक दिएका छन् अब विस्तारै भर्चुअल काउन्सिलिङ, करिअर काउन्सिलिङ र बुस्टिङ गर्छन् । अमेरिकी विश्वविद्यालयहरुमा जेभियरका विद्यार्थीले सिधै अप्लाई गर्न पाउँछन । बाहिर एजेन्सीहरुलाई कमिसन दिन पनि परेन ।’

जेभियर इन्टरनेशनल कलेजमा पढेका विद्यार्थीले अमेरिकी विश्वविद्यालयमा भर्ना हुनका लागि अब कुनै पनि एजुकेशनल कन्सल्टेन्सीको सहायता लिन नपर्नेगरी यो मेलाले काम गरेको कलेजका प्रिन्सिपल दीपेन दाहालले बताए । यसबाट कन्सल्टेन्सीहरूले लिने शुल्क पनि जोगिनेछ भने कलेजसँगै सीधै सम्बन्धका कारण भिसा रेट पनि उच्च रहेको उनको भनाइ छ ।

कलेजको कुन विद्यार्थी कुन विधामा राम्रो छ उसलाई सोही विधामा विश्वविद्यालय अध्ययनका लागि अमेरिकी सम्बन्धित विश्वविद्यालयले अवसर दिने भण्डारीले बताए । भर्ना प्रक्रिया र छात्रवृत्तिबारे जानकारी लिनका लागि मेलामा ११ र १२ मा अध्ययनरत विद्यार्थीका साथै ए लभेलका विद्यार्थीहरु सहभागी थिए ।

सो जेभियर इन्टरनेशनल कलेजका सीईओ लोकवहादुर भण्डारीले अमेरिकी एशुकेशनल विभाग र विश्वविद्यालयहरुले जेभियरलाई शैक्षिक प्रदर्शनी गर्ने मौका प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

नेपालका विद्यार्थीसंग सोझै अन्तरक्रिया गर्न पाइएकोमा अमेरिकाका युनिभर्सिटीका प्रतिनिधिले खुसी व्यक्त गरेका छन् ।

शैक्षिक मेला अमेरिकी विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उपयोगी हुने जेभियर इन्टरनेशनल कलेजले जनाएको छ । सो कलेजमा प्लस टु पढेका विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा भर्नाका लागि अन्यत्र धाउन नपर्ने र सीधै कलेजबाटै प्रक्रिया गर्न सकिने भण्डारीले बताए ।


प्रतिक्रिया

2 thoughts on “जेभियर इन्टरनेशनलका विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयहरूमा सीधै भर्ना र छात्रवृत्ति ! (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *