सरकारमा बस्ने कि बाहिरिने ? निर्णायक बैठकतर्फ अघि बढेका रास्वपाका पाइलाहरू (तस्बिरहरू) – Nepal Press

सरकारमा बस्ने कि बाहिरिने ? निर्णायक बैठकतर्फ अघि बढेका रास्वपाका पाइलाहरू (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक सुरू भएको छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा जारी बैठकमा सरकारमा बस्ने या बाहिरिनेबारे निर्णायक छलफल हुने रास्वपा नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रविलाई गृहमन्त्रीमा फर्काउन आनाकानी गरेपछि पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा जुटेको हो ।

सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डाअनुसार गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने रास्वपाको अडान छ । तर, प्रधानमन्त्रीका तर्फबाट सकारात्मक संकेत नआएपछि सरकारबाट हट्ने मनस्थितिमा रवि पुगेको स्रोतको भनाइ छ ।

रास्वपाले गृहमन्त्रालयको विकल्पका अर्को मन्त्रालय नस्वीकार्ने बताइसकेको छ । साथै गृहमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिने अधिकार पार्टीसँगै रहने उसको भनाइ छ । तर, प्रचण्ड रविलाई गृहमन्त्री बनाउन तयार छैनन् । गृहमन्त्रालय माओवादीसँगै राख्ने रणनीति उनको छ ।

अध्यक्ष लामिछानेले आज पनि बालुवाटार पुगेर प्रचण्डलाई भेटेका थिए । हिजो गृहमन्त्री बनाउने झिनो आश्वासन पाएर आशावादी बनेका लामिछाने आजको भेटपछि भने निराश बनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि त्यही संकेत गर्छ । आफ्नो मौनता आजको दिनसम्ममात्र भएको उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर