रविको चेतावनी- मेरो मौनता आजसम्मका लागिमात्र हो – Nepal Press

रविको चेतावनी- मेरो मौनता आजसम्मका लागिमात्र हो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, लामिछानेले भनेका छन् ।

नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री गुमाएका रविको आइतबार नेपाली नागरिकता कायम भइसकेको छ । उनी पुन: गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।

गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् ।

बिहीबार विराटनगर पुगेका ओलीले सञ्चारकर्मीसँग भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो । त्यहीअनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ । खटपट भएको छैन । हामीले गृहमन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृहमन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’

माओवादीले गृहमन्त्रालयबारे निर्णयका लागि रविको फैसलाको पूर्णपाठ कुर्ने निर्णय गरेको छ । ओलीले भने, लामिछानेलाई गृहमन्त्री बनाउन पूर्णपाठ आवश्यक नपर्ने बताएका छन् ।

‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’, ओलीको प्रश्न छ ।


प्रतिक्रिया

One thought on “रविको चेतावनी- मेरो मौनता आजसम्मका लागिमात्र हो

  1. खुङ्खार हत्यारा अमरिस पुरीको रणनीति हो ।
    स्मरण रहोस्
    असत्यको हार सत्यको जीत निष्चित छ हिरोको रोल अन्तिममा हुनेछन् सबैले चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर