परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जाँदै

२०७९ माघ १९ गते ९:१६

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का भ्रमणमा जाने भएकी छन् ।
श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी त्यहाँ प्रस्थान गर्न लागेकी हुन् । भ्रमणका क्रममा पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ ।
पौडेल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया
सम्बन्धित खवर