ह्वीलचेयरमा रहेका बिरामीलाई किन उठायो नगर प्रहरीले ? यसो भन्छन् राजु पाण्डे (भिडिओ) – Nepal Press

ह्वीलचेयरमा रहेका बिरामीलाई किन उठायो नगर प्रहरीले ? यसो भन्छन् राजु पाण्डे (भिडिओ)

WhiteCrew7 In Here.!!

 

काठमाडौं । महानगर प्रहरीद्वारा व्हिलचेयरमा रहेका एक अशक्त पुरुष पक्राउ विषयक शीर्षकमा हाल एक तस्बिर सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

उक्त तस्बिरमा एकजना शारीरिक रुपमा फरक क्षमता भएका (अशक्त) व्यक्तिलाई महानगर प्रहरीको ट्रकको पछिल्लो भागमा राखिएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक भएसँगै जीविकोपार्जनका लागि बाटोमा मास्क बेचिरहेका उनलाई महानगर प्रहरीले पक्राउ गरेर ज्यादती गरेको भन्दै महानगर प्रहरीको चर्को आलोचनासमेत सुरु भएको छ ।

भिडिओ:

 

यस सन्दर्भमा महानगर प्रहरीले भने निजलाई पक्राउ गरिएको नभई मानव सेवा आश्रममा लैजानको लागि सहजीकरण गरिएको जनाएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार निजले विगत लामो समयदेखि पुरानो बसपार्क क्षेत्रको पेटीमा बसेर चुरोट, खैनी, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ बेच्दै आएको र पटक पटक सम्झाई बुझाई गरेर त्यसो नगर्न अनुरोध गर्दा पनि नमानेपछि उनलाई त्यहाँबाट उद्दार गरेर मानव सेवा आश्रम पुर्याउन महानगरको गाडीमा राखिएको बताए ।

‘हामीले विगत एक महिनादेखि उहाँलाई यसरी सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ बेचेर बस्न हुन्न भनेर सम्झाउँदै आएका हौँ, हामीले पटक पटक सम्झाई बुझाई गर्दा पनि उहाँले खुल्ला ठाउँ सुर्तीजन्य पदार्थ बेच्न नछोडेपछि हिजो हामीले उहाँ बाध्य भएर यसो गर्दै हुनुहुन्छ कि उहाँको कोही नभएर खान लाउन बस्नमा समस्या आएकाले यसो गर्नु भएको होला भनेर महानगरसँग समन्वय गरिरहेका मानव सेवा आश्रमको जिम्मा लगाउन हामीले उहाँलाई लगेका हौँ’, पाण्डेले भने, ’हामीले दिनभर उहाँलाई हामीसँगै राखेर सम्झाई बुझाई पनि गरेका थियौँ उहाँ मानव सेवा आश्रम जान मान्नु भएन बेलुका उहाँको आफन्त आएर उहाँलाई लिएर जानु भएको हो ।’

सत्यता नबुझी गलत समाचार सम्प्रेषण गरिएकाले हाल आम मानिसले महानगरको आलोचना गरिरहेको भन्दै पाण्डेले गुनासोसमेत गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *