अध्यक्षको राजीनामा माग्दै क्यानका ७ केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार – Nepal Press

अध्यक्षको राजीनामा माग्दै क्यानका ७ केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार

पोखरा । पोखरामा जारी नेपाल क्रिकेट संघको बोर्ड बैठकमा (क्यान) ७ केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्द्रको लिखितरूपमा राजिनामा माग गरेका छन् ।

मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यान असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्द र कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन् ।

असन्तुष्ट समूहमा ऋषिराम गौतमसहित दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।

राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।

राजीनामा मागसहितको पत्र बुझाएर बैठकको औचित्य नभएको भन्दै उनीहरूले बैठक बहिष्कार गरेका छन् ।

‘राजनीति विषयमा निवेदन दिइसकेपछि, त्यहिँ अध्यक्षको अध्यक्षताको बैठकको त के औचित्य रह्यो र !’ ती सदस्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर