प्रहरीकाे हात भाँचिदिने थापा चार हजार जरिवाना तिरेर छुटे – Nepal Press

प्रहरीकाे हात भाँचिदिने थापा चार हजार जरिवाना तिरेर छुटे

पोखरा । प्रहरीको हात भाँचिदिएको आरोपमा पक्राउ परेका पोखराका अटो मोबाइल व्यवसायी सौरभ थापा ४ हजार जरिवाना तिरेर रिहा भएका छन् ।

चेकिङमा रहेका प्रहरीलाई हात भाँचिदिएको (अभद्र व्यवहार गरेको) आरोपमा शुक्रबार पक्राउ परेका व्यवसायी थापा ४ हजार जरिवाना तिरेर रिहा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

प्रजिअ केसीको इजलासले थापालाई ४ हजार जरिवाना र फैसला गरेको हो । उनले सोमबारनै जिल्ला प्रशासन कार्यालयलाई जरिवाना बुझाएसँगै थुनामुक्त भएका हुन् । फौजदारी देवानी संहिता ऐन २०७४ अनुसार उनलाई जरिवाना गरिएको प्रजिअ केसीले बताए ।

पश्चिमाञ्चल डिलर्स एसोसिएसनका सदस्य २५ वर्षीय थापा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल नाडा अध्यक्ष ध्रुव थापाका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी सुवास तिमिल्सिनाले जानकारी दिए ।

पोखरा रामबजारमा गत बिहीबार बिहान ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको आरोपमा शुक्रबार पक्राउ परेको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *