रास्वपाले भन्यो- गृह मन्त्रालय हामीसँगै हुन्छ, सभापतिले अन्य दलसँग छलफल गर्ने (भिडिओ) – Nepal Press

रास्वपाले भन्यो- गृह मन्त्रालय हामीसँगै हुन्छ, सभापतिले अन्य दलसँग छलफल गर्ने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपाले भागबन्डाका क्रममा गृह आफूहरुको भागमा परेकाले फेरि दाबी गरिरहनु नपर्ने निष्कर्ष निकाल्यो ।

पार्टीको बैठकपछि पार्टीका प्रवक्ता डा. ढकालले भने, ‘यो हामीलाई परेको समस्या हो । सहयात्री दल खटपटको समस्या होइन । हामीले समस्या समाधान गरिसकेका छौं । यसमा पुनः दाबी गर्नुपर्ने अवस्था छैन । हाम्रैतर्फबाट गृहमन्त्री हुनुपर्छ । को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार रास्वपालाई नै छ ।’

यो विषयमा सभापति अन्य दलहरुसँग छलफल गर्ने निर्णय सभापतिलाई दिइएको उनले बताए । गृह मन्त्रालय नपाए सरकार छोड्नुहुन्छ ? भन्ने प्रश्नमा उनले यो विषयमा छलफल नभएको उल्लेख गरे ।

‘अहिले त्यस विषयमा सोचेका छैनौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर