पशुपतिप्रसाद-२ को घोषणा, फूलपातीमा रिलिज हुने – Nepal Press

पशुपतिप्रसाद-२ को घोषणा, फूलपातीमा रिलिज हुने

काठमाडौं । निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसाद- २ ‘भिस्मे डन’ निर्माणको घोषणा गरेका छन् ।

पशुपति प्रसादको समापन भएको खुसीसाटेसँगै नयाँ चलचित्र ‘पशुपति प्रसाद-२ ‘भस्मे डन’को घोषणा गरिएको हो ।

आज पत्रकार सम्मेलनमार्फत पशुपतिप्रसाद निर्माण भएको ७ वर्षपछि पशुपति प्रसादकोसिक्वेल बनाउन लागिएको निर्देशक खनालले जानकारी दिए।

चलचित्र आगामी असोजको फुलपातीको दिन प्रदर्शन हुने जनाइएको छ । चलचित्रको छायाकंन आगामी फागुन दोस्रो साताबाट हुनेछ । निर्माता तथा लेखकमा खगेन्द्र लामिछाने रहेका छन् ।

चलचित्रमा विपिन कार्की, शौगात मल्ल,स्वस्तिमा खड्का, रबिन्द्र सिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *