गीतसंगीतमा जम्दै कृष्ण सापकोटा – Nepal Press

गीतसंगीतमा जम्दै कृष्ण सापकोटा

रुपन्देही । निरन्तरको मेहनत र लगनशीलताले नै सफलतामा पुराउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा बढी समय दिएका सापकोटाले मेहनत, परिश्रम, लगनशीलता र इमानदारिताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्वर ३ बल्कोटमा जन्मिएका कलाकार सापकोटा सानैदेखि गीतसंगीतमा बढी रुचि दिन्थे । गीतसंगीतमै केही गर्ने आँट बोकेर काठमाण्डाैं छिरेका सापकोटा १० वर्षमा आफूलाई अब्बल बनाउन सफल भए ।

सापकोटाका भन्छौ तिमी, भुरुरु उडेर चरी, तिम्रो यादमा, नशा लगायतका गीतहरू बजारमा आएका छन् । गायनभन्दा पनि मोडलिङमा बढी समय खर्चेका सापकोटाले अहिलेसम्म १ सय ५० भन्दा बढी गीतमा अभिनय गरेका छन् ।

उनले यो वर्ष मात्रै ज्योति फिलिम्स अवार्ड, नेशनल नेपाल म्युजिक फेसन अवार्ड, राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड प्राप्त गर्न सफल भएका छन् । यसअघि २०७४ सालमा नाट्यस्वोरी म्युजिक अवार्ड पाउन सफल भएका थिए । गीतसंगीत र मोडलिङको माध्यमबाट अर्घाखाँची जिल्लाको नाम चिनाउन सफल भएका छन् । उनले जिल्लालाई चिनाउने गीत पनि निकाल्न थालेको बताएका छन् ।

अभिनय, गायन, लेखन र हाँस्यसमेत चारै विधामा राम्रो दक्खल रहेको छ । मोडलिङमा विशेष क्षमता भएका सापकोटा पेशाप्रतिको इमानदारिताका कारण कलाकारिताको मैदानमा दिनानुदिन सफलता हासिल हुँदै गएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर