एपीएफले जित्यो महिलातर्फ टाइगर कपको उपाधि – Nepal Press

एपीएफले जित्यो महिलातर्फ टाइगर कपको उपाधि

पोखरा । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले तेस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिवार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ विजेता बनेको हो ।

एपीएफले पहिलो सेट २५–२० ले जित्दा दोस्रो सेट २२–२५ ले आर्मीलाई गुमाउन पुग्यो । तेस्रो सेटमा एपीएफले उत्कृष्ट पुनरागमन गर्दै २५–८ को जित निकाल्यो । चौथो सेटमा आर्मीलाई २५–२२ ले पराजित गर्दै दोस्रो पटक उपाधि उचाल्न सफल भयो ।

आफ्नो पक्षमा पार्दै लगातार दोस्रो पटक टाइगर कपको उपाधि उचाल्यो । उपाधि उचालेको एपीएफले ५ लाखसहित ट्रफ र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको आर्मीले २ लाख ७० हजार प्राप्त गरेको छ ।

होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले तेस्रो स्थान हासिल गरेको छ । आयोजक गण्डकी प्रदेश सान्त्वना भएको छ । तेस्रो भएको न्यू डायमण्डले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकीले ६५ हजार प्राप्त ग¥यो ।

पुरुषतर्फको उपाधिका लागि सशस्त्र प्रहरी बल (एपिएफ) र गण्डकी प्रदेश भिड्नेछन् । उक्त फाइनल खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर