भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त – Nepal Press

भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतीय वायुसेनाका दुईवटा लडाकु विमान सुखोई-३० र मिराज–२००० शनिबार मध्ये प्रदेशको मोरेनाको पहाडगढ क्षेत्रमा दुर्घटनाग्रस्त भएका छन् ।

मोरेनाका अतिरिक्त प्रहरी उपरीक्षक राईसिंह नरवारियालाई उध्रदत गर्दै भारतीय संचार माध्यमहरुले जनाए अनुसार विमान र त्यसमा रहेका यात्रुको संख्याबारे पुष्टि गर्न वायुसेनाको टोली हाल घटनास्थलमा पुगेको छ ।

प्रहरीका अनुसार हाल विमान नजिकै एउटा हात फेला परेको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दुईवटा विमान मध्य प्रदेशको ग्वालियर एयरबेसबाट अभ्यासका निमित्त उडान भरेका थिए ।

घटनाको कारणबारे भने हालसम्म जानकारी प्राप्त भएको छैन । प्राप्त जानकारी अनुसार एसयू-३० मा दुई जना पाइलट थिए भने मिराज २००० मा एक पाइलट थिए। प्रारम्भिक रिपोर्टहरूले दुई पाइलटहरू सकुशल रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *