प्रहरीद्वारा मारिएका अश्वेत नागरिकको भिडिओ सार्वजनिक: पीडित याचना गरिरहे, प्रहरीले यातना दिइरह्यो (भिडिओ) – Nepal Press

प्रहरीद्वारा मारिएका अश्वेत नागरिकको भिडिओ सार्वजनिक: पीडित याचना गरिरहे, प्रहरीले यातना दिइरह्यो (भिडिओ)

काठमाडौं । गत जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा प्रहरीको चरम ज्यादतीको कारण ज्यान गुमाएका एक अश्वेत नागरिकको घटनास्थलको भिडिओलाई प्रहरीले सार्वजनिक गरेको छ ।

केही साताको अनुसन्धान पछि प्रहरीले उक्त भिडिओ सार्वजनिक गरेको हो । सार्वजनिक भएको भिडिओमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटपिट गरेको देख्न सकिन्छ । २९ वर्षिय टायर निकोलसलाई प्रहरीले ‘र्यास ड्राइभिङ’को केसमा पक्राउ गरी घटनास्थलमै सेकेण्ड डिग्री‘टर्चर’ दिएको थियो ।

प्रहरीको निर्घात कुटपिटबाट गम्भीर घाइते भएका टायरको तीन दिन पछि उपचारको क्रममा निधन भएको हो । उक्त घटनामा पाँच जना प्रहरीलाई दोषी ठहर गरिएको छ ।

शुक्रबार प्रहरीले सार्वजनिक गरेको उक्त भिडिओमा पीडितले पटक पटक आफू केवल घर जान चाहेको याचना गरेको सुन्न सकिन्छ । तर प्रहरीले भने उनी माथि ट्रेजर गन सम्मको प्रयोग गरेर यातना दिएका छन् । उक्त घटना पस्चात अमेरिका विभिन्न ठाउँमा प्रदर्शन समेत सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर