ई-सेवाको कर्मचारी भन्दै लाखौं ठग्ने एकजना पक्राउ (भिडिओ) – Nepal Press

ई-सेवाको कर्मचारी भन्दै लाखौं ठग्ने एकजना पक्राउ (भिडिओ)

काठमाडौं । ई-सेवाको कर्मचारी भन्दै १६ लाखभन्दा बढी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका र रौतहटका शुभम साहलाई सार्वजनिक गरेको छ ।

साहले ई-सेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने उनले ई-सेवा आईडी बैंक खातामा लिंक गराइने, आईडी नवीकरण गर्ने, केवाईसी फर्म अपडेटलगायतका बहानामा सेवाग्राहीको अकाउण्टमा अनधिकृत पहुँच पुर्‍याएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

साहले त्यसरी १६ लाख १३ हजार ठगी गरेको अनुसन्धानबाट पाइएको छ । आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढी सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको र अरु पनि सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *