प्रेमप्रसादको आत्मदाह पूरै राज्य संयन्त्र र हामी सिष्टम चलाउनेको असफलता हो : गगन थापा – Nepal Press

प्रेमप्रसादको आत्मदाह पूरै राज्य संयन्त्र र हामी सिष्टम चलाउनेको असफलता हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले प्रेमप्रसाद आचार्यको आत्मदाह आफूहरु सिस्टम चलाउनेको असफलता रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो कुनै व्यक्तिको असफलता मात्रै नभएर राज्य संयन्त्र र समग्र सिस्टमको असफलता रहेको बताए ।

आचार्यको आत्मदाहको घटनाले आफ्नो मनमा दिनभर अनेकन कुरा खेलेको उल्लेख गर्दै आचार्यले उठाएका विषयले आफूलाई घोचेको थापाको भनाइ छ ।

‘यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो’, उनले लेखेका छन्, ‘म, हामी सिष्टम चलाउनेको असफलता हो ।’

यस विषयमा कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिष्टम ठीक नहुने थापाको तर्क छ । ‘गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ’, थापा गाडि लेख्छन्, ‘अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *